शुक्रबार, फागुन ३०, २०८१

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु


बागमती, २९ फागुन : करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा आज एक युवकको मृत्यु भएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

शङ्कास्पद वस्तु फेला

हेटौँडा उपमहानगरपालिका–४ सितलमहलचोक नजिक गरुडपथमा आज साँझ शङ्कास्पद वस्तु फेला परेको छ । सितमहल जाने भित्री सडकखण्डअन्तर्गत स्थानीय सिर्जना पौडेलको घर अगाडि प्रेसर कुकर फेला परेको हो । प्रेसर कुकर रहेको स्थलमा अहिले सुरक्षाकर्मी परिचालन गरिएको र उक्त वस्तु निश्क्रिय पार्न नेपाली सेनाको टोलीसँग समन्वय भइरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ