काठमाडौँ, १२ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रम अलपत्र पारेको आरोप लगाएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले मन्त्री पौडेलले स्वास्थ्य बिमाको सीमालाई पाँच लाख पुर्याउँछु भनेर महत्त्वाकाङ्क्षी सपना बाँडेर अहिले बजेट अभाव देखाएर पन्छिन खाजेको आरोप लगाइन् ।
कार्कीले भनिन्, ‘स्वास्थ्य बिमाको सीमालाई पाँच लाख पुर्याउँछु भन्ने महत्त्वाकाङ्क्षी सपना बाँड्नु हुने स्वास्थ्यमन्त्रीबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बिमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिएको अभिव्यक्ति सुनेर अचम्म लाग्यो ।‘
सांसद कार्कीले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेललाई परिवार र मन्त्रालयबाटै स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य गर्न सुझाव दिइन् । कार्कीले भनिन्, ‘चल्ने बेला चाहीँ स्वास्थ्य बिमा हामीले ल्यायौं भनेर जस लिन खोज्ने अनि नचल्ने बेला यसलाई अलपत्र पारेर वर्षौँसम्म यसलाई हतोत्साहित बनाउने बानी राम्रो भएन । यसका लागि सल्ला दिन सल्लाहकार पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सल्लाह दिन तयार छौँ । स्वास्थ्य बिमा सुरु गरौँ मन्त्रीज्यूका परिवार र मन्त्रालयबाटै गरौँ ।’
सांसद कार्कीले स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















