काठमाडौँ, २ माघः एनसेलले वाइफाई इन्टरनेटका माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन भ्वाइस ओभर वाइफाई (भो वाइफाई) सेवा सुरु गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताको पहुँच सुनिश्चित गराउने प्रयासस्वरूप एनसेलले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवाले ग्राहकलाई कुनै पनि भरपर्दो वाइफाई इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सहज हुने कम्पनीको दाबी छ ।
प्रारम्भिक चरणमा एनसेलको यो सेवा आइफोन ८ र त्यसमाथिका आइफोन मोडलमा उपलब्ध रहेको जनाइएको छ । यो सेवाबाट फाइदा लिन अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।