शुक्रबार, माघ १८, २०८१

सुशासन कायम गर्न र भ्रष्टाचार निवारणमा सरकार असफल : अध्यक्ष प्रभु साह


काठमाडौँ, १८ माघः आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार निवारणमा सरकार असफल भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद साहले भ्रष्टाचार निवारणमा सरकार निरन्तर कमजोर हुँदा विद्यमान शासकीय व्यवस्थाप्रति नागरिक तहमा वितृष्णा बढेको बताउनुभयो । मन्त्रिपरिषद्का निर्णयहरूमाथि पनि छानबिन गर्न साहले माग राख्नुभयो ।

सरकारमा रहेका दुई विपरीत विचारधारा बोकेका दलहरूले लोकतन्त्रलाई सुदृढ गर्न नसक्ने उहाँको भनाइ छ । सरकारको पुँजीगत खर्च निकै कमजोर रहेको उहाँले बताउनुभयो । सङ्घीय निजामती सेवा ऐन चाँडो पारित हुनुपर्नेमा सांसद साहले जोड दिनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading