04/19/2025, 18:07:58

फिल्म ‘जनै हराएको बाहुन’ मा विजय बराल अनुबन्धित


१४ माघ, काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ को व्यापक सफलतापछि अभिनेता विजय बरालले अर्को सिनेमाका लागि अनुबन्धित भएका छन् ।

हिमाल न्यौपानेको निर्देशन रहने गरी भानुभक्त ढकालको कथामा बन्न लागेको फिल्म ‘जनै हराएको बाहुन’मा विजय बराल रहने पक्का भएको हो ।

गाउँबाट सहर पसेको एउटा युवकको संघर्षको कथालाई फिल्मले रोचक ढंगले प्रस्तुत गर्नेछ । फिल्मको छायांकन नवीन गुरुङले गर्ने भएका छन् । यही वर्षभित्र छायांकन सुरु गर्ने र २०८२ भित्र दर्शकको माझमा ल्याउने निर्माण कम्पनी पेपरक्लिप प्रा.लिको तयारी छ ।