बुधबार, पुष २४, २०८१

तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त


काठमाडौं, २३ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान भएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले सामाजिक सञ्जाल एक्समार्फत भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै उहाँले गहिरो शोकको यो घडीमा नेपाल सरकार चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गर्नुभएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading