बाँके जिल्लास्थित राप्ती नदीमा रहेको सिक्टा सिँचाइ आयोजनाको ड्रोनबाट खिचिएको दृश्य । यो आयोजना नेपालको राष्ट्रिय गौरव परियोजना मध्ये एक हो
Click on Photo to Enlarge
बाँकेको बैजनाथ गाउँपालिकामा कालानमक जातको धान रोप्दै स्थानीय किसान । सिँचाइको सुविधा भएका बैजनाथाका केही ठाँउमा धान रोपाइ भएपनि अन्य ठाँउमा अझै धान रोपाइँ हुन सकेको छैन
Click on Photo to Enlarge
व्यापारिक केन्द्रको रूपमा परिचत तनहुँको भिमाद बजार । यहाँबाट नवलपुर, बर्दघाट सुस्ता पूर्व, पाल्पा र स्याङ्जा लगायतका भेगमा आवत जावत गर्न सकिन्छ
Click on Photo to Enlarge
सुनसरीको गढी गाउँपालिका–३, छिटाहामा शुक्रबार रोपाइँ गर्दै रोपाहार । आधा असार हुन लाग्दासम्म समेत पर्याप्त पानी नपरेर सिँचाइका लागि वैकल्पिक व्यवस्था गर्नु पर्दा किसानको लागत बढेको छ
Click on Photo to Enlarge
म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलामा आरनमा घरेलु औजार बनाउँदै शेरबहादुर विक । उहाँको परिवारले परम्परागत रुपमा सञ्चालन गर्दै आएको आरन पेसाबाट जीविकोपार्जन गर्दै आएका छन्
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा (खोपारा) लेकबाट देखिएको धौलागिरि हिमशृङ्खला । समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्राबाट हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँस्थित रहेको ढुम्बा ताल । बर्खा लागेसँगै करिब दुई हप्ता यता ढुम्बा तालमा पर्यटकको आगमन नहुँदा ताल क्षेत्र सुनसान भएको छ
Click on Photo to Enlarge
कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गाउँ घान्द्रुकको वडा नं ११ डाँडागाउँ र पृष्ठभूमिमा हिमाल
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको शक्तिपीठ अम्बिकेश्वरी मन्दिर परिसरमा रहेका परेवा
Click on Photo to Enlarge
ललितपुरको पुल्चोकस्थित तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले आफ्ना छोराहरूका लागि निर्माण गरेको ऐतिहासिक पुरानो श्रीमहल । उचित मर्मत सम्भार नहुँदा यो ऐतिहासिक दरबार जीर्ण हुँदै गएको छ