मुस्ताङको ढुम्बातालमा सामूहिक घोडा चढी फोटो सेसन । पर्यटन प्रर्वद्धन तथा जलवायु सङ्कट न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा मुस्ताङको घरपझोङमा प्रथम घोडा तथा साइक्लिङ र्याली निकालिएको छ
Click on Photo to Enlarge
मुस्ताङको ढुम्बातालमा सामूहिक साइक्लिङ फोटो सेसन । पर्यटन प्रर्वद्धन तथा जलवायु सङ्कट न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना तथा साल सिटी पोखराको संयोजनमा मुस्ताङको घरपझोङमा साइकल तथा घोडा र्याली निकालिएको छ
Click on Photo to Enlarge
रसुवा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयलस्थल गोसाईकुण्ड जाँदै गरेका विदेशी पर्यटक । गोसाईकुण्डमा बिहीबारदेखि दशहरा मेला सुरू भएको छ
Click on Photo to Enlarge
सुनसरीको इनरुवा नगरपालिका-९ स्थित खेतमा आहाराको खोजीमा रहेकाे फाप्रे चरा (हुपु) । जङ्गल, खुला गाउँ, घाँसे मैदानमा पाइने यो चराले कीरा, बीउ, जामुन, साना सरीसृप र भ्यागुतालाई आहारा बनाउने गर्दछ
Click on Photo to Enlarge
सङ्खुवासभाको चिचिला गाउँपालिका-४ स्थित धार्मिक तथा पर्यटकीयस्थल मत्स्यपोखरी र आसपास लहरै फहराइएको नेपालको राष्ट्रिय झण्डा । यो पोखरीमा असला माछाको समेत दृश्यावलोकन गर्न सकिन्छ
Click on Photo to Enlarge
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथ बिहीबार अपराह्न ललितपुर महानगरपालिका–६ ईतिटोलबाट तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्याउँदै । यहाँ पु¥याएपश्चात् ४ दिनपछि भोटो जात्रा देखाउने गरिन्छ
Click on Photo to Enlarge
काठमाडौँकाे भद्रकालीबाट बिहीबार साँझ देखिएको धरहराको दृश्य
Click on Photo to Enlarge
भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक पर्यटकीय क्षेत्र चुलाचुली गुफा । यहाँ रहेका अनौठा आकृतिका ढुङ्गाले मानिसलाई आकर्षित गर्ने गरेको हो
Click on Photo to Enlarge
चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपरदाङगढीमा निर्माण गरिएको नवनिर्मित ढुङ्गेधारा
Click on Photo to Enlarge
पोखरा महानगरपालिका-१४ गोर्खाभिलेजबाट बिहीबार बिहान मौसम खुलेसँगै देखिएको माछापुच्छ्रे हिमाल