12/02/2025, 02:13:16
सोमबार, मङि्सर १५, २०८२

पाँचै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट


कैलाली, मङ्सिर १५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनका लागि कैलालीका पाँच वटै निर्वाचन क्षेत्रबाट २७ महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

पार्टी एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दका अनुसार कैलाली–१ बाट खुलामा द्वारिका न्यौपाने र धुव्र खत्री, महिलातर्फ कमला शाही र युवामा लक्ष्मी आचार्य, क्षेत्र नम्बर २ बाट खुलामा कर्णबहादुर कुँवर, डेजी पाण्डे र नरबहादुर खड्का, महिलामा ममता रावल र लक्ष्मी शाही तथा युवामा पवित्राकुमारी माझी प्रतिनिधि चयन भएका छन् ।

 

क्षेत्र नम्बर ३ मा चुलराम चौधरी र करुण बम खुलातर्फ, इच्छाकुमारी चौधरी महिलातर्फ र राजबहादुर बुढा युवातर्फ प्रतिनिधि छनोट भएका छन् । क्षेत्र नम्बर ४ मा खुलातर्फ चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा, महिलामा रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह तथा युवातर्फ शुद्धिराम चौधरी प्रतिनिधिमा निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ५ मा खुलामा धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुंगाना विजयी भएका छन् । महिलामा अम्विका विष्ट र रुकमणि देवकोटा तथा युवामा तीर्थराज भट्टराई विजयी भएका छन् । कैलालीमा तीन दलित क्लस्टरमा प्रतिनिधि छनोट गर्न बाँकी रहेको प्रदेश सचिव चन्दले बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..