तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको मुकुन्देश्वरी पदमार्ग । स्थानीयले मिनी ग्रेटवाल समेत भन्ने बन्दीपुर गाउँपालिका–२, थानीमाई मन्दिरबाट सुरु भएको उक्त पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ । आगामी दिनमा यस पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने गाउँपालिकाको योजना छ
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको आधार शिविरमा मङ्गलबार अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोगको शालिक अनावरण गर्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा । अन्नपूर्ण हिमाल आरोहण भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा शालिक अनावरण, मौरिस हर्जोग पदमार्ग र खुल्ला संग्रहालय उद्घाटन गरिएको हो
Click on Photo to Enlarge