01/01/2026, 09:19:11
बिहिबार, पुष १७, २०८२

थाइल्याण्डको ताक प्रान्तमा भएको बम विस्फोटमा परी तीन जनाको मृत्यु, ३९ घाइते


थाइल्याण्डको ताक प्रान्तमा वार्षिक उत्सवको क्रममा बम विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएका छन् ।

प्रधानमन्त्री पटोङ्गटार सिनावात्राले शुक्रबार मध्यरातमा भएको विस्फोटमा मृतक र घाइतेहरूको परिवारप्रति सामाजिक सञ्जाल पोष्टमार्फत गहिरो समवेदना व्यक्त गर्नुभयो ।

पाइतोङटार्नले प्रहरी र सुरक्षा निकायलाई घटनाको तुरुन्त अनुसन्धान गर्न, दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न आगामी सबै चाडपर्वहरूमा सुरक्षा उपायहरू बढाउन निर्देशन दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..