सोमबार, पुष ०८, २०८१

प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन


जलेश्वर (महोत्तरी), ७ मङ्सिरः जिल्ला सदरमुकाममा अवस्थित प्रादेशिक अस्पतालमा खरिद गरिएको रु दुई करोड ५५ लाख ५२ हजारको उपकरण प्रयोगविहीन बनेको छ । चार वर्षदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आइसियु सेट प्रयोगविहीन छन् ।

चार वर्ष अघि कोरोना नियन्त्रणका लागि उक्त उपकरण खरिद गरी ५० शय्याको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो । तर कोरोना महामारीको बेला पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्षजनशक्ति नभएपछि अस्पतालले रु दुई करोड ५० लाख बढीका ती उपकरण प्रयोगविहीन बनेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभातकुमार गामीले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा उपकरण प्रयोग गर्न नसकिएको बताउनुभयो । उहाँले हाल अस्पतालमा आईसियु सञ्चालन र विशेषज्ञ चिकित्सक भर्नाको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसँग पहल गरिरहेको बताउनुभयो ।

जिल्लावासीले तत्कालीन अवस्थामा केही नेता र तीनका कार्यकर्तालाई कमिसन र कमाइको लागि प्रदेश सरकारले ती उपकरण किनेको आरोप लगाउँदै आएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading