12/15/2025, 17:50:57
सोमबार, मङि्सर २९, २०८२

बैंकहरूले घटाए व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याज दर


काठमाडौँ, मङ्सिर २९ : एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याज दर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।

सोमबार सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याज दर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ ।

मङ्सिर महिनामा सो दर ५.०४०५ प्रतिशतविन्दु थियो । अहिले औसत ब्याजदर ०.२०६५ प्रतिशतबिन्दुले घटेको हो । १३ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन् । प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् ।

blog

सात वाणिज्य बैंकहरूले (सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक) मङ्सिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोवल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् ।

सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ । यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मङ्सिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ । पुस महिनाका लागि पाँच वाणिज्य बैंकहरूले संस्थागत मुद्दतिको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।

मुद्दती निक्षेपको अधिकतम ब्याजदर

बैंकहरुकात्तिकमंसिरपुस
नबिल४.९५४.७५४.५५
नेपाल इन्भेष्टमेन्ट मेगा५.२५
माछापुच्छ्रे
हिमालयन५.५०
नेपाल एसबिआई४.८०४.५५
एभरेष्ट४.७५
एनआईसी एसिया५.७५
स्ट्यान्डर्ड चार्टर्ड४.७०४.६०
लक्ष्मी सनराइज४.७५
कुमारी४.०१४.९१४.५३
सिद्धार्थ५.५
सानिमा५.१५३.७५
एनएमबि
प्रभु४.९५४.९५४.५५
ग्लोबल आइएमई५.५०
सिटिजन्स्४.७५४.७५
प्राइम कमर्सियल४.७५४.२५
कृषि विकास४.९५४.७०४.५५
नेपाल बैंक५.२५५.२५५.१०
राष्ट्रिय वाणिज्य बैंक५.५५.५