सुर्खेत, मङ्सिर २९ : सामान्यता यतिबेला कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भइसक्नुपर्ने हो । संसद्मा यसअघि नै दर्ता भएका विधेयकमाथिको छलफल र पारित तथा आवश्यक नयाँ ऐन निर्माणका काम धमाधम चल्नुपर्ने हो तर अघिल्लो अधिवेशन अन्त्य भएको चार महिना बितिसक्दा पनि कर्णाली प्रदेश सभाको अर्को अधिवेशन आह्वान भएको छैन ।
प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन अर्थात् बजेट अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो । बर्से अधिवेशन अन्त्य भएको चार महिना बितिसकेको छ तर हिउँदे अघिवेशन अर्थात् विधेयक अधिवेशन आह्वानको सुरसार नै भएको छैन । बर्से अधिवेशन विशेष गरेर सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने हुँदा कानुन निर्माणका लागि हिउँदे अधिवेशन बढी सक्रिय रहने कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानमै ढिलाइ भइरहेको छ ।
अघिल्लो अधिवेशनमै संसद्मा पेस भएका केही विधेयक छलफलकै क्रममा छन् । केही विषयगत समितिमा पठाइएको थियो । तिनलाई टुङ्ग्याउनका लागि पनि हिउँदे अधिवेशन आह्वान गर्नुपर्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बताउनुभयो । सरकारले बैठक आह्वान गरेमा सचिवालयले वैकल्पिक व्यवस्था गर्न तयार रहेको उहाँले बताउनुभयो । गत भदौ २४ मा आगजनी र तोडफोडबाट भवनमा क्षति पुगेका कारण पनि तत्कालै बैठक आह्वानमा कठिनाइ देखिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











