12/15/2025, 17:49:15
सोमबार, मङि्सर २९, २०८२

साथीले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु


२९ मङ्सिर, हेटौंडा : मकवानपुरको मनहरीमा साथीले बोकेको भरुवा बन्दुक पड्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका–६ वालभञ्ज्याङका ५० वर्षीय सेते थिङको साथीले बोकेको भरुवा बन्दुक पड्किँदा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

यहाँको सिस्नेरीपखेरा जंगलमा राक्सिराङ गाउँपालिका–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोन भरुवा बन्दुक बोकेर अगाडि–अगाडि हिँडिरहेका थिए भने सेते पछाडि–पछाडि हिँडिरहेका थिए । उनीहरू शिकार खेल्न गएका थिए ।

अगाडि हिँडिरहेका गोपाल लहरमा अल्झिएर लड्दा बन्दुक पड्किँदा पछाडि हिँडिरहेका सेतेलाई लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी राजुप्रसाद कुर्मीले बताए ।

प्रहरीले दुई थान भरुवा बन्दुकसहित गोपाल ब्लोनलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको जनाएको छ ।

– प्रताप विष्ट