02/28/2026, 00:00:19
शुक्रबार, फागुन १५, २०८२

सुनको मूल्य तोलाकै पुग्यो २ लाख ६० हजार रूपैयाँ !


काठमाडौँ, मङ्सिर २९ : सुनको मूल्य हालसम्म कै उच्च कायम भएको छ । स्थानीय बजारमा सुन प्रतितोला २ लाख ६० हजार ७ सय रूपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन सुनको मूल्य १९ सय रूपैयाँले वृद्धि भएको छ । सोमबार सुनको मूल्य २ लाख ६० हजार ७ रूपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलाको ३ हजार ८७० रूपैयाँ पुगेको छ । आईतबार चाँदी प्रतितोला ३ हजार ८२५ रूपैयाँमा कारोबार भएको थियो ।