सोमबार, पुष ०८, २०८१

धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक


१४ कात्तिक, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए ।

धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ। यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’ गृहमन्त्री लेखकले भने ।

गृहमन्त्री लेखकले संसदीय छानबिन समितिको सिफारिस अनुसार पूर्वगृहमन्त्री रवि लामिछानेमाथि छानबिन भइरहेको बताए । कारबाही सिफारिस भएकामध्ये कुमार रम्तेल जेलमा रहेको भन्दै उनले भने, ‘रविजी र छविजी (पूर्व डीआईजी छविलाल जोशी) माथि अनुसन्धान अगाडि बढाएको हो ।

गृहमन्त्री लेखकले अगाडि भने, ‘एक जना व्यक्ति विशेषमा केन्द्रित भएको होइन । सहकारीको रकम हिनामिनामा धेरै मानिस काराबाही परेका छन् । केही मानिस न्यायिक हिरासतमा हुनुहुन्छ ।

पक्राउ पूर्जी जारी भएकाहरुको प्रहरीले खोजी गरिरहेको समेत उनले बताए । लाखौं मानिसको अर्बौं अपचलन भएको भन्दै गृहमन्त्री लेखकले बचत फिर्ता गर्ने र ठगी गर्नेहरुलाई कारबाही गर्ने सुनिश्चिता गर्न सरकार लागेको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेमाथि दुव्यर्वहार भएको विषयमा सोधिएको प्रश्नल उनले आफूले पनि सुनेपछि सम्बन्धित निकाय निकायसँग जानकारी लिएको बताए । ‘मलाई (व्यर्ववहार) भएको जस्तो किन लागेको छैन, किनभने अदालतभित्र भएको भए अदालतले पनि नोटिसमा लिन्थ्यो होला । अदालतलले पनि भन्थ्यो होला । केही भनेको स्थिति छैन ।’ गृहमन्त्री लेखकले भने ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading