12/25/2025, 15:38:42
बिहिबार, पुष १०, २०८२

देशमा चर्चित भनिएका मान्छेहरू नै नशामा लठ्ठिने गरेका छन् : एमाले अध्यक्ष ओली


काठमाडौँ, पुस १० : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा चर्चित भनिएका मान्छेहरू नशामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समयमा चर्चामा ल्याउन खोजिएका व्यक्ति नै नसामा लठ्ठिने गरेको बताएका हुन् ।

यद्यपि ओलीले कसलाई इंगित गरेको हो भन्ने खुलाएनन् । ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा झुम्मिन्छन् । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छे पनि नशामा भेटिन्छन् । तर हाम्रा युवाहरूमा त्यस्तो कुनै दुर्व्यसन देखिएन । मेरो इख मानेर दुर्व्यसनमा भएकाहरूले छोड्नुभयो भने म धेरै खुसी हुन्छु,’ उनले भने ।

‌ओलीले मुलुकको स्वाधिनताको रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न पार्टी कार्यकर्तालाई आग्रह समेत गरे ।