काठमाडौँ, पुस ४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्ने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।
खानेपानी मन्त्रालयको जिम्मेवारी यसअघि प्रधानमन्त्रीले नै सम्हाल्दै आएकी थिइन् । मंसिर २६ गते भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












