काठमाडौँ, पुस २ गते । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु नहुने बताएका छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको समेत बताउँदै निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले सरकार सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेको बताउँदै मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन एक मात्र विकल्प भनेको निर्वाचन नै रहेकाे बताएकी छिन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













