काठमाडौँ, मङ्सिर २३ गते ।नयाँ भन्सार ऐन कार्यान्वयनसँगै देशभरका भन्सार कार्यालयमा जाँचपास रोकिएपछि भन्सार विभागले भन्सार एजेन्ट महासंघका प्रतिनिधिलाई वार्तामा बोलाएको छ ।
भन्सार एजेन्टहरूले नयाँ भन्सार ऐनका कतिपय व्यवस्थामाथि असहमति जनाउँदै आन्दोलन गरेपछि आयात-निर्यात प्रभावित भएको छ। यही समस्या समाधान गर्न भन्सार विभागले भन्सार एजेन्ट महासंघका प्रतिनिधिलाई वार्ताका लागि बोलाएको हो।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले समस्या लामो समय नतन्कियोस् भनेर तत्काल वार्तामा बोलाइएको बताए।
‘हामी वार्तामा बस्दै छौं। उहाँहरूको कुरा सुनेर आजै समाधान गर्ने प्रयास गरेका छौं,’ भण्डारीले भने।
एजेन्टहरूले नयाँ ऐनमा राखिएका दण्ड–जरिवाना, मूल्यांकन, सर्भर समस्यादेखि लिएर पेशागत हकहितसम्मका विषयमा असहमति जनाउँदै देशभर काम बन्द गरेका थिए।
वीरगञ्ज जस्ता मुख्य भन्सार कार्यालयमा औद्योगिक कच्चा पदार्थ, खाद्य सामग्री, मेसिनरी, विद्युत उपकरणलगायत एजेन्टको भूमिकामा निर्भर सबै सामग्री रोकिएका छन्।
राजस्व संकलनमा यसको प्रत्यक्ष असर परेको छ। वीरगन्ज भन्सारका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार दैनिक ७३ करोड राजस्व उठ्ने लक्ष्य रहे यो आन्दोलनले प्रभावित भएको बताए।
एजेन्टहरू वार्ताका लागि कार्यालयमै पुगेका छन्। आवश्यक भए ऐन संशोधन प्रक्रिया सुरू हुने बताउँदै प्रशासन पक्षले वार्तामा व्यावहारिक बाटो निकाल्ने तयारी गरेको छ।
दुवै पक्ष वार्तामा बसेपछि आजै केही सहमति हुने आशा भन्सार विभागले व्यक्त गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










