12/09/2025, 15:44:05
मङ्गलबार, मङि्सर २३, २०८२

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते


काठमाडौँ,मङ्सिर २३ गते। उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा अहिलेसम्म कम्तीमा ३० जना घाइते भएका छन् । सोमबार राति आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा, ५० किलोमिटर (३१ माइल) गहिराइमा गएको भूकम्पका कारण हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् ।

भूकम्पपछि देशमा सुनामी चेतावनी जारी गरिएको थियो, तर अहिले हटाइएको छ । यद्यपि तटमा ७० सेन्टिमिटरसम्मका अग्ला छाल उठेका थिए । केही रेल सेवा रोकिएका थिए र हजारौँ घरमा बिजुली विच्छेद भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँका अधिकारीहरूले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन् । त्यसैले मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन भनिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार लगभग ९० हजार मानिसलाई घर छाड्न आदेश दिइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..