काठमाडौँ, मङ्सिर २१ गते । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि बनाइन लागेको ‘कुटी’लाई लिएर अनावश्यक टिप्पणी नगर्न चेतावनी दिएका छन् । ओलीको लागि गुण्डुमा बनाउने भनिएको आवासबारे आएका टिप्पणीतिर लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
‘केपी ओलीका लागि २/३ कोठाको घर बनाइन्छ भन्ने कुरा ‘अपेक्षा’हो भने अव्यावहारिक छ र ‘व्यंग्य’ हो भने व्यंग्य गर्नेहरूको घर, बसाइ र जीवनशैली सबैले देखेकै छौँ । त्यसैले कृपया टाउको नदुखाउनुहोस् अध्यक्षको आवास उहाँको जनसम्पर्क, पार्टीको प्रभाव र दायित्वअनुसार नै निर्माण हुनेछ,’ बस्नेतले भनेका छन्, ‘यो घर सीमित समर्थक र शुभचिन्तकको सहयोगबाट बन्नेछ, जहाँ गुण्डु र भक्तपुरवासीको विशेष भूमिका रहनेछ। ‘कुटी’, ‘भन्नुस’ वा ‘आश्रम’ यी त नामाङ्कन मात्रै हुन् ।’
ओलीलाई बार्दली गएका भन्नेलाई उनले त्यहीँबाट राजनीतिक नियन्त्रण गरेको नर्बिसन उनले चेतावनी दिए । ‘हिजो नेकपा फुटाएर एमाले सकेँ भनेर केपी ओली ‘बार्दली गए’ भनेर व्यंग्य गर्नेहरूलाई बार्दलीमै बसेर नेपालको राजनीति नियन्त्रण र सन्तुलन निर्धारण गर्ने व्यक्ति उहाँ नै हो,’ बस्नेतले भनेका छन्, ‘आज फेरि ‘राजनीतिबाट कुटी पुगे’ भनेहरूले राष्ट्रियता, विकास, समृद्धि र भत्किएको देशको पुनर्निर्माण केपी ओलीले कुटीबाटै गरेर देखाउने क्षमता राख्छन् भनेर बुझ्नेछन् ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















