काठमाडौँ, मङ्सिर २१ गते । प्रधानमन्त्री सुशीला कार्की आइतबा २ बजे गैरीगाउँस्थित काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको घरमा पुगेकी छिन् । शाहका बुबा रामनारायण शाहको निधनमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री कार्की शाहनिवास पुगेकी हुन् ।
उनी २० मिनेट जति बसेर त्यहाँबाट फर्किएको निकट स्रोतले जानकारी दिएको छ । त्यसपछि उनी सिंहदरबार पुगेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कायक्रम छ ।
यसअघि गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वमन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि मेयर शाहको घर पुगेका छन् ।
आजै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता प्रकाशशरण महत, रास्वपा नेता शिशिर खनाल पनि शाहको घर पुगेका छन् । मेयर शाहका बुबाको १५ मंसिरमा निधन भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










