12/08/2025, 00:43:39
आइतबार, मङि्सर २१, २०८२

विगतमा गल्ती गरेको आभास छ र अब सच्चिएर अघि बढ्नुपर्छ : बामदेव गौतम


बर्दिया, मङ्सिर २० : नेपाली कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले अब नेताहरु सच्चिएर अघि बढ्नुपर्ने बताएका छन् ।

गुलरियामा शनिबार आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता गौतमले भदौ २३ र २४ को जेन-जी आन्दोलनले आफूहरुले विगतमा गल्ती गरेको आभास भइसकेकाले सच्चिनुपर्नेमा जोड दिए ।

कम्युनिष्टहरु इमान्दार हुन्छन्, आफ्नो गल्ती स्वीकार गर्छन्, तर जो नक्कली कम्युनिष्ट हुन्छ त्यसले आफ्नो गल्ती स्वीकार गर्दैन,’ गौतमले भने, ‘विगतको गल्ती स्वीकार गरेर म सच्चा कम्युनिष्ट बन्न चाहन्छु किन भने गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले हामीले पनि विगतमा गल्ती गरेको आभास भइसकेको छ र अब सच्चिएर अघि बढ्नुपर्छ ।

नेपाली कम्युनिष्ट पार्टी ठूलो शक्तिको रुपमा निर्माण भएको उनको दाबी छ । ‘अब देशको नेतृत्व, संरक्षण र रक्षा गर्न सक्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको छ,’ उनले भने । गौतमले थपे, ‘पाँच वटा पार्टीले सुरु गरेको एकतामा अहिले १७ वटा पार्टी एकीकृत भइसकेका छन्, अन्य पार्टी निर्माण हुँदा कति थिए ?

एकता सन्देश सभामा भीमबहादुर रावल र शक्तिबहादुर बस्नेत लगायत नेताको उपस्थिति थियो ।