01/24/2026, 21:15:24
शनिबार, माघ १०, २०८२

धोबीखोलामा साइकलसहित शव भेटियो


काठमाडौँ, मङ्सिर १८ गते । काठमाडौंको धोबीखोलामा साइकलसहित एउटा शव भटिएको छ ।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौं  महानगरपालिका– २९ रुद्रमति पुलनजिक धोबीखोलामा साइकलसहित शव भेटिएको हो ।

मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– १ का स्थायी बासिन्दा हुन् । घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..