11/24/2025, 10:34:19
सोमबार, मङि्सर ०८, २०८२

दाउन्नेमा लामो जाम, एकतर्फी यातायात सञ्चालन


नवलपरासी, ८ मंसिर : दाउन्ने सडक खण्डको ध्यु खोला नजिक वीरगन्जबाट भैरहवातर्फ रासायनिक मल बोकेर जाँदै गरेको मालबाहक गाडी बिग्रीएका कारण राजमार्ग एकतर्फी सञ्चालन भैरहेको छ ।

जिल्ला प्रहरीका अनुसार सोमबार बिहान ८ : ४० बजेवाट दाउन्ने खण्डको पूर्वी बजार दुम्कीवाससम्म लामो जाम भएको छ । जामका कारण पूर्व–पश्चिम हिँडेका गाडी दुम्कीवास बजारसम्म रोकिएका छन् । त्यहाँ सोमवार बिहान ३ सय भन्दा धेरै गाडीको जाम रहेको छ । बिग्रिएको बा प्र ०३ ००१ ख ०९५१ नम्बरको गाडी राजमार्गवाट हटाउने काममा प्रहरी खटाइएको छ ।

दुम्कीवासबाट करिब ३ किलोमिटर पश्चिम बर्दघाटतर्फ उकालो भएका कारण दिनहुजसो जाम हुने गरेको छ । नारायणगढ हुँदै बुटवलतर्फ जाने गाडी त्यहाँ रोकिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमनसिंह रानाका अनुसार विश्वकर्मा मन्दिर नजिकबाट सुरु भएको जाम सोमबार बिहान दुम्कीवाससम्म आइपुगेको छ ।