बुधबार, पुष १०, २०८१

नोभेम्बर १ देखि १९ सम्म एयर इन्डियाबाट यात्रा नगर्नू : खालिस्तानी गुरपतवन्त सिंह पन्नु


५ कात्तिक, काठमाडौं । खालिस्तानी गुरपतवन्त सिंह पन्नुले हवाई यात्रुहरूलाई फेरि धम्की दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार पन्नुले नोभेम्बर १ देखि १९ सम्म एयर इन्डियाबाट उडान नगर्न धम्की दिएका हुन्। भारतमा विमानलाई लगातार बमको धम्की आइरहेका बेला उक्त धम्की आएको हो। आइतबार पनि यस्तै धम्कीका कारण धेरै उडान प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

इन्डिया टुडेको रिपोर्टअनुसार सिख फर जस्टिसका प्रमुख पन्नुले यात्रुहरूलाई आगामी नोभेम्बर १ देखि १९ तारिखसम्म एयर इन्डियाको विमानमा यात्रा नगर्न चेतावनी दिएका छन्। गत वर्ष पनि पन्नुले यस्तो धम्की दिएका थिए। विशेषगरी अन्तर्राष्ट्रिय यात्रा गर्नेहरूलाई यस्तो चेतावनी दिने गरिएको छ। १९८५ जुन २३ मा एयर इन्डियाको बोइङ विमानमा विस्फोट भएको थियो। जुन घटनाको तार खालिस्तानी चरमपन्थीसँग जोडिएको थियो।

पीटीआईका अनुसार विभिन्न कम्पनीका ३० भन्दा बढी अलग-अलग स्थानका लागि भएका उडानमा बम रहेको धम्की आएका हछन्। विभिन्न सामाजिक सञ्जालमार्फत एयर इन्डिया, इन्डिगो, आकाश एयर, भिस्टारा, स्पाइसजेट, स्टार एयर र एलायन्स एयरका ३० भन्दा बढी स्वदेशी तथा विदेशी उडानमा बमको धम्की आएको स्रोतले जनाएको छ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading