11/19/2025, 16:36:31
बुधबार, मङि्सर ०३, २०८२

सिंहदरबार बनेको स्वास्थ्य मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण, एक दुई दिनबाट सेवा सुरु


काठमाडौँ, मङ्सिर ३ गते । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) ले सिंहदरबार भित्र बनाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण गरेको छ।

विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा निर्माण गरिएको छ  वटा प्रिफ्याब भवन बुधबार एक कार्यक्रम गर्दै मन्त्रालयलाई हस्तान्तरण गरेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार डब्लुएचओले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा .सुधा शर्मा गौतमलाई औपचारिक रुपमा भवन हस्तान्तरण गरेको हो।

सिंहदरबार परिसर भित्र दक्षिण पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गण रहेको क्षेत्रमा डब्लुएचओले सो भवन निर्माण गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले स्वास्थ्य मन्त्रालयले एक दुई दिनबाट सिंहदरवारमा सर्ने योजना रहेको जानकारी दिनुभयो ।

जेनजी आन्दोलनपछि भदौ २४ गते भएको प्रदर्शनका क्रममा रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालयको भवन जलेर खरानी भएका थिए।

आगजनीका कारण जलेको स्वास्थ्य मन्त्रालय प्रयोग गर्न नमिल्ने भएपछि हाल स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नयाँ भवनमा सरेको थियो।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..