11/18/2025, 16:21:14
मङ्गलबार, मङि्सर ०२, २०८२

राष्ट्रिय सभा सचिवमा कँडेल नियुक्त


काठमाडौँ, मङ्सिर २ गते । राष्ट्रिय सभाको सचिवमा तुल कँडेल नियुक्त भएका छन्।

अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई राष्ट्रिय सभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कँडेललाई आजै शपथ गराउने कार्यक्रम छ। अधिवक्ता कँडेल राष्ट्रिय सभाको सचिवमा पाँच वर्षका लागि नियुक्त भएका हुन् । राष्ट्रिय सभा सचिवबाट सुरेन्द्र अर्यालले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..