11/16/2025, 17:06:26
आइतबार, कार्तिक ३०, २०८२

एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने


काठमाडौँ, कात्तिक ३० गते। नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि भृकुटीमण्डपमा हल बुक गरिएको हो ।

तीन दिनका लागि हल बुकसम्बन्धी सम्झाैता भइसकेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गाैमले जानकारी दिए । यसअघि पोखरामा गर्ने तय भएको महाधिवेशन पछि काठमाडौंमा गर्ने निर्णय गरिएको थियो ।

एमालेकाे महाधिवेशनमा करिब २५ सय प्रतिनिधि सहभागी हुनेछन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..