काठमाडौँ । दक्षिण कोरियाको ओन्जुमा ट्रकले ठक्कर दिँदा नेपाली विद्यार्थी मनिषा दाहालको आइतबार मृत्यु भएको छ ।
नेपाली दूतावासका अनुसार ओन्जु सहरमा सडक पार गर्ने क्रममा झापाकी २२ वर्षीया दाहालकलाई ट्रकले ठक्कर दिएको हो ।
गम्भीर घाइते अवस्थामा त्यहाँको वनजु सेब्रान्स क्रिस्चियन अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको हो । मनीषा एक वर्षअघि दक्षिण कोरियाको फार इस्ट युनिभर्सिटीमा अध्ययन गर्न गएकी थिइन् । दुर्घटनामा उनको निधन भएपछि शव नेपाल पठाउने प्रक्रिया अहिले अघि बढाइएको छ ।
यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले ट्रक चालकले गल्ती स्वीकार गरेको र सम्बन्धित निकायसँग कानुनी तथा अन्य सहयोगका लागि छलफल भइरहेको जानकारी दिएकी छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










