10/29/2025, 14:51:15
बुधबार, कार्तिक १३, २०८२

चखेवा–पाँच धारे सडक स्तरोन्नतिपछि स्थानीयलाई सहज


भोजपुर । बर्खामा क्षतिग्रस्त भएको चखेवा-पाँच धारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको छ । केही समय अघिको लगातारको वर्षाका कारण विभिन्न स्थानमा अवरुद्ध भएको सडकलाई टेम्केमैयुङ गाउँपालिकाले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो ।

यहाँका दुई पर्यटकीय क्षेत्र चखेवा र पाँच धारेलाई जोड्ने यो सडक बन्द हुँदा स्थानीय र पर्यटकले आवतजावतमा समस्या भोग्दै आएका थिए ।

सडकलाई मर्मत पश्चात् यातायात सञ्चालनमा ल्याइएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी बताए । यो पर्यटकीय सडक मार्ग भएकाले गाउँपालिकाले प्राथमिकता साथ मर्मतको काम गरेको उनको भनाइ छ ।

चखेवाबाट पाँच धारेसम्म यो सडकको लम्बाई करिव नौ किलोमिटर रहेको छ । गाउँपालिकाभित्रका अन्य सडकको पनि मर्मत भइरहेको अध्यक्ष बस्नेतले जानकारी दिए । अवरोध सडक पुनः सञ्चालनमा आएपछि सामग्री ढुवानी, व्यापार-व्यवसाय र दैनिक आवतजावतमा सहज भएको स्थानीयवासीको भनाइ छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..