10/16/2025, 13:32:03
बिहिबार, असोज ३०, २०८२

बजारबाट थप ३५ अर्ब उठाउँदै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ३५ अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अत्यधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो ।

बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सावाँ तथा ब्याज भुक्तानी आगामी कात्तिक २ गते तोकिएको छ । यसको ब्याज दरसमेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलनको बोलकबोल ब्याज दरमा गर्नुपर्ने छ । बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिनेछ ।

निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप सङ्कलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..