10/13/2025, 15:37:43
सोमबार, असोज २७, २०८२

हमासले केही बेरमै छोड्न लागेका २० जीवित बन्धकहरू को को हुन् ?


तेल अभिभ । ७ सय ३८ दिनपछि प्लोस्टाइनी लडाकु समूह हमासले २० बन्धकलाई जीवित फिर्ता गर्दैछ । इजरायलसँग शान्ति योजनामा सहमति भएपछि हमासले ७ अक्टोबर २०२३ मा बन्धक बनाएकाहरूलाई छोड्न लागेको हो ।

इजरायली मिडियाका अनुसार, जीवित रिहा हुन लागेका बन्धकहरूमा २४ वर्षका एलोन ओहेल, २४ वर्षका योसेफ–हाइम ओहाना, ३२ वर्षका अभिनातन ओर, २१ वर्षका रोम ब्रेस्लाभोत्स्की, २२ वर्षका मतान एन्ग्रेस्ट, ३५ वर्षका एल्कना बोहबोट, २८ वर्षका गाली र उनका भाइ जिभ बरम्यान, २३ वर्षका गाइ जिलबोआ दालल, २४ वर्षका एभ्यातर डेभिड, ३८ वर्षका इटन हर्न, ३६ वर्षका म्याक्सिम हर्किन, २१ वर्षका तिम्रोद कोहेन, २७ वर्षका सेगेभ काल्फोन, २५ वर्षका इटन मोर, ४८ वर्षका ओम्री मिरान, २५ वर्षका मतान जाङगाउकर, २८ वर्षका एरियल कुनिओ, ३५ वर्षका डेभिड कुनिओ र बार कुपरस्टेन छन् । यी सबै इजरायली हुन् ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलबाट नेपाली विद्यार्थी विपिन जोशीलाई पनि बन्धक बनाएको थियो । तर, इजरायली मिडियाहरूको जीवित बन्धकको सूचीमा विपिनको नाम उल्लेख छैन । यसले नेपालमा उनको अवस्थालाई लिएर चिन्ता बढाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..