10/09/2025, 21:18:41
बिहिबार, असोज २३, २०८२

आत्मदाह प्रयास गर्ने एक जना प्रहरी नियन्त्रणमा


काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा आत्मदाहको प्रयास गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार आत्मदाह गर्नबाट रोकेर उनलाई अहिले जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ६ घर भएका कान्छाराम लामाले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । काठमाडौँमा बस्दै आएका उनी बैंकिङ कसुर सम्बन्धी मुद्दामा फस्ने भएपछि आत्मदाह प्रयास गरेको थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

जेनजी समूहका प्रदर्शनकारीसँगै गएर उनले आत्मदाह प्रयास गरेका हुन् । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले अहिलेसम्म जेनजी समूहका २५ जनालाई पक्राउ गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..