काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
जेन जेडको आन्दोलनका क्रममा भदौ २४ गते आगजनी भएको मुख्यमन्त्री निवासमा असोज १२ गते दोस्रो पटक पुनः आगजनी भएको थियो ।
उक्त आगजनी भएको आरोपमा रुपन्देही घर भएका पोखरा बस्ने २२ वर्षीय संजोक थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापाले राष्ट्र बैंकको कम्पाउण्ड सडक छेउमा रहेको एनआइएमबी बैंकको एटिएम मेसिन ढुंगाले प्रहार गरी तोडफोड समेत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।