09/26/2025, 00:38:25
बिहिबार, असोज ०९, २०८२

जेन-जी आन्दोलनका दोषीमाथि कानुनी कारबाही हुन्छ : प्रधानमन्त्री कार्की


काठमाडौँ, असोज ९ : प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका दोषीमाथि कानुनी कारबाही हुने बताउनुभएको छ । जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेपछि प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलनका क्रममा भएका घटनाका दोषीमाथि सशक्त कानुनी कारबाही गर्ने बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले २१ फागुनभित्र भयरहित र स्वतन्त्र निर्वाचन हुने दाबी गर्दै निर्वाचनमा भाग लिन दललाई आग्रह गर्नुभयो ।

उहाँले विदेशमा रहेका नागरिकलाई समेत मतदानको व्यवस्था गर्ने विषयमा निर्वाचन आयोगसँग छलफल भइरहेको जानकारीसमेत गराउनुभएको छ । प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा नेताहरुका घरमा भेटिएको रकमका सम्बन्धमा समेत छानबिन सुरु भएको जानकारी गराउनुभएको छ ।