बुधबार, पुष १०, २०८१

६ दिनको अवधिमा हवाई मार्गबाट एक लाख पाँच हजारभन्दा बढीले छाडे उपत्यका


२० असोज, काठमाडौं । पछिल्लो ६ दिनको अवधिमा मात्रै हवाई मार्गबाट एक लाखभन्दा बढीले उपत्यका छाडेका छन् । अविरल वर्षासँगै गएको बाढी पहिरोपछिको सिर्जित परिस्थितिमा एक लाख पाँच हजार ४४० जना यात्रुले हवाई मार्गबाट उपत्यकादेखि विभिन्न गन्तव्यमा यात्रा गरेका हुन् । गत शुक्रबारदेखि आइतबारसम्म अविरल वर्षाका कारण जन-जीवन प्रभावित भएको थियो । सोमबारदेखि पूर्ण रूपमा खुलेको मौसममा एकैदिन ४५० उडानमार्फत् १९ हजार १६५ जना उपत्यकाबाट बाहिरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

त्यस्तै, मंगलबार मंगलबार ४३४ उडानमार्फत् १८ हजार १३७ जनाले उपत्यका छाडेको कार्यालयका प्रवक्ता रिजी शेर्पाले जानकारी दिए । त्यसको भोलिपल्ट अर्थात्, बुधबार १७ हजार चार जनाले उपत्यका छाडेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केको अवस्थामा उडान बन्द हुँदा सो दिन ३७५ उडान वटा मात्रै उडान हुन सकेकोले बाहिरिएका यात्रुको संख्या कम भएको हो ।

बिहीबार ३०९ उडानमार्फत् १८ हजार ३ जनाले उपत्यका छाडेको कार्यालयले जनाएको छ । त्यस्तै, शनिबार भने २९९ उडानमार्फत् १६३७८ जनाले उपत्यका छाडेको प्रवक्ता शेर्पाले जानकारी दिए । वर्षा रोकिए पनि मनसुन अझै सक्रिय रहेको र ठाउँठाउँमा सुख्खा पहिरो समेत गएका कारणले अहिले पनि सडकको यात्रा कठिन छ । लामो समय र जोखिम लिएर यात्रा गर्नुको सट्टा उडानमार्फत् सुरक्षित यात्रा गर्न चाहनेको संख्या बढ्दा पछिल्लो समय हवाई टिकटको माग बढ्दै गएको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading