09/14/2025, 14:32:01
आइतबार, भदौ २९, २०८२

प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई


काठमाडौँ,  भदौ २९ : पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेको छ ।

प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकामा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाउनुभएको  शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गर्नुभएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..