08/21/2025, 12:49:42

जिप दुर्घटनामा दुई जना गम्भीर घाइते


अर्घाखाँची, भदौ ५ : जिल्लाको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ एक्लेभिरमा बिहीबार बिहान लु १ ज ४९१५ नम्बरको बलेरो जिप दुर्घटना भएको हो ।

जिल्लाको छत्रदेब गाउँपालिबाट बुटवलतर्फ जाँदै गरेको जिप अन्यत्रित भएर दुर्घटना हुँदा जिपमा सवार तीन जनामध्ये दुई जना घाइते भएको जिल्ला प्रहरी कर्यालय अर्घाखाँची प्रमुख चक्र मल्लले जानकारी दिनुभयो ।

घाइते दुई जनाको अवस्था गम्भीर रहेको र अर्का एक जना सकशुल रहेको प्रहरीको भनाइ रहेको छ । घाइतेको उपचारका लागि जिल्ला अस्पताल लगिएको जनाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।