नवलपुर, भदौ ३ : नेटवर्किङ विजनेशको माध्यमबाट ठगी गर्ने पाँच जना नवलपुरको कावासोतीबाट पक्राउ परेका छन् ।
कावासाती नगरपालिका–८ मा रहेको युनिभर्सल इन्टरपेनेर्स प्रा.लि. शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले विभिन्न व्यक्तिहरुलाई नेटवर्किङ विजनेश मार्फत प्रशस्त पैसा कमाउन सकिन्छ भन्ने झुटो प्रलोभन देखाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले काम पनि लगाइदिने भनि रकम लिएर पनि काम नलगाइदिने तथा विभिन्न कम्पनीबाट उत्पादन गरिएका सामानहरु खरिदको रकम हाल्न लगाउने, सामान नदिने र रकम फिर्ता माग्दा समेत फिर्ता नदिएको भनि पिडितहरुले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो।
उक्त नेटवर्किङ बिजनेश प्रालिमा कार्यरत रहेका पाँचजनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुलाई अनुसन्धानको लागि पक्राउ गरी ठगी सम्बन्धी कसूरमा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको नेपालले बताउनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















