बुधबार, पुष १०, २०८१

तीन दिनदेखि प्रभावित भएको आन्तरिक उडान आजदेखि नियमित सुरु


१३ असोज, काठमाडौं । तीन दिनदेखि प्रभावित भएको आन्तरिक उडान आजदेखि नियमित भएको छ । बिहीबार केही विमानस्थलमा उडान हुन सकेको थिएन । मौसमका कारण शुक्रबार र शनिबार भने अधिकांश विमानस्थल ठप्प रहे । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल आन्तरिक उडानको ३० प्रतिशत मात्रै भएको विमानस्थल कार्यालयले जनाएको छ ।

आज आइतबार भने देशका सबै विमानस्थल खुलेका छन् । हुस्सुका कारण बिहान केही बेर उडान प्रभावित भए पनि ९ बजेदेखि भने सबै विमानस्थलमा नियमित उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading