११ असोज, काठमाडौँ । अविरल वर्षा र मौसममा आएको खराबीका कारण शनिबार बिहानसम्मका सबै आन्तरिक उडान स्थगित गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ।
प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ।’
शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। त्यस्तै, राजमार्गमा हुनसक्ने जोखिम मध्यनजर गर्दै रात्रिबस पनि सञ्चालनमा रोक लगाइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













