07/15/2025, 17:35:50

मन्त्री गुप्ताद्वारा राजीनामा


 काठमाडौँ, ३१  असारः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो ।
मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको  बताउनुभयो । उहाँले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको श्रव्य सामग्री सार्वजनिक भएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..