बुधबार, पुष १०, २०८१

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय


३० भदौ, काठमाडौं । सरकारले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले १६ मंसिरमा उपचुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि आइतबार नै आयोगका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर उपचुनावको मिति सुझाएका हुन् । सम्भवत, आइतबार नै बस्ने मन्त्रिपरिषद् बैठकले उपचुनावको मिति तोक्ने एक अधिकारीले बताए ।

निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ । काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रित्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त छ ।

रुकुम पुर्वको पुथा गाउँपालिककी उपप्रमुख भुपेन्द्र बुढाको शुक्रबार मात्र सवारी दुर्घटनामा निधन भएको छ । पद रिक्त भएको औपचारिक जानकारी आए त्यहाँ पनि मंसिर १६ मै उपचुनाव गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेमा २६ कात्तिकमा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने आयोगको आन्तरिक तयारी छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading