काठमाडौँ, १ असारः प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले नाराबाजी गर्नुभएको छ । बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गर्नुभएको हो ।
‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपा र राप्रपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । रास्वपाका सांसदहरूले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका हुन् ।