05/14/2025, 13:07:14

राष्ट्रव्यापी आस्था एकीकृत गर्ने केन्द्र बन्दै लड्केश्वर धाम


३१ वैशाख, पनौती, काभ्रे  : धार्मिक आस्थाको केन्द्र लड्केश्वर धाम पछिल्लो समय राष्ट्रव्यापी आध्यात्मिक एकताको प्रतीक बनेको छ । सूर्य पुराणमा उल्लेखित कालाग्निरुद्र पीठको मान्यता पाएको यो स्थल अहिले देशभरका श्रद्धालुहरूका लागि आकर्षणको केन्द्र बनिरहेको छ ।

२०७० सालतिर निर्माण शुरू भई लामो समय अलपत्र रहेको १०८ फिट अग्लो त्रिशूल र १०८ शिवधारा पुनर्निर्माण गरी धार्मिक चेतनाको पुनरुत्थान गरिएको छ । २०८० सालमा ७७ जिल्लाबाट सहभागिता रहेको कोटिहोम सम्पन्न भएसँगै धामको धार्मिक महत्त्व अझै सशक्त बनेको हो ।

राष्ट्रपति र पूर्वराजा समेतको सहभागिताले कोटिहोमको गरिमा राष्ट्रिय तहमा स्थापित गराएको छ । संकल्पकर्ता मुकुन्द शर्मा हुमागाईंको नेतृत्वमा सम्पन्न कार्यक्रमले भविष्यमा पनि देशैभर धार्मिक अभियानलाई फैलाउने विश्वास दिलाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ