काठमाडौँ, २६ वैशाखः राज्यविरुद्धको कसुर र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २३ जनामाथि पाँच दिनको म्याद थप गरिएको छ ।
जिल्ला प्रहरी पसिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले उहाँहरुलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी पसिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।
उहाँहरुविरुद्ध राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा अनुसन्धान भइरहेकामा आपराधिक उपद्रव कसुरमा पनि अनुसन्धान थालिएको छ । बयान ढिला भएकाले आपराधिक उपद्रव कसुरमा पछि नै अनुसन्धान थालिएको हो । सङ्गठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका अन्य २८ जनाको हकमा भने ७ दिनको म्याद थप भएको बोहराले जानकारी दिनुभयो ।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा २ जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए । सरकारीलगायत निजी संरचनामा आगो समेत लगाइएको थियो भने तोडफोड समेत भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














