05/07/2025, 19:45:51

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा


काठमाडौँ, ८ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाउनुभएको उहाँका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिनुभयो ।

शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो”, उहाँले भन्नुभयो, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।” विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिनुभएको छ ।